+
+

यातायात व्यवसायी र मजदुरलाई प्रधानमन्त्रीको आश्वासन : सरकारले गच्छेअनुसार माग पूरा गर्छ, ढुक्क हुनोस्

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते ११:१२

१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको क्षमता र गच्छेअनुसार यातायात व्यवसायी एवं यस क्षेत्रका मजदुरहरुको माग पूरा गर्ने आश्वासन दिएका छन् ।

यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर चारवटा संगठनका प्रतिनिधिहरु विहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

भेटमा यातायात मजदुर र व्यवसायीका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र प्रभावित भएको र स्रोत साधनको अपर्याप्तता रहेको बताएका थिए । तथापि सरकारले आफ्नो गच्छेअनुसार व्यवसायी र मजदुरका माग पूरा गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएको सहभागी एक मजदुर नेताले बताए ।

प्रधानमन्त्रीसँगको भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातयाता मजदुर संघका अध्यक्ष रामचन्द्र कार्कीलगायतको उपस्थिति थियो ।

प्रधानमन्त्री ओलीसँग भेट गर्नुअघि यो टोलीले खुमलटार पुगेर नेकपाका अर्का अध्यक्ष प्रचण्डसँग पनि भेट गरेको थियो ।

त्यस्तै बुधबार टोलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?