+
+
Shares

दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १२:४४

१ साउन, बुटवल । दाङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका १५ का १६ वर्षीय पदम वली रहेका छन् । दुर्घटनामा परी घाइते भएका वलीकाे उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको हो ।

कपिलवस्तुको कृष्णनगरदेखि दाङको तुलसीपुतर्फ जाँदै गरेको रा १ च ९६६२ नम्वरको जिप अनियन्त्रित भएर घोराही उपमहानगरपालिका ३ मुसोटमा दुर्घटना हुँदा घाइते पाँचजना घाइते भएका थिए । जसमध्ये वलीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

दुर्घटनामा परी तुलसीपुर १५ का २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपाल श्रेष्ठ गम्भीर घाइते भएका खड्काले बताए । गम्भीर घाइते दुवै जनालाई थप उपचारका लागि बाँकेस्थित कोहलपुर मेडिकल कलेज रिफर गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?