
१ साउन, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन १ गतेबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईलाई दिएको छ ।
प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ति भएसँगै उप-प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सीईओको जिम्मेवारी पाएका हुन् ।
असार ३१ गते बसेको सञ्ञ्चालक समितिको बैठकले उनलाई कार्यवाहक सीईओको जिम्मेवारी दिएको हो ।
प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4