+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

अमेरिकामा २०२० को अन्तिमसम्म कोरोनाको खोप आउँछ : फाउची

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १७:१४

१ साउन, काठमाडौं । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले यस सन् २०२० को अन्तिमसम्ममा अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बजारमा आउने बताएका छन् । उनले अहिले अनुमान गरिएको समयसीमाको विषयलाई लिएर आफू निकै खुसी रहेको पनि बताएका छन् ।

फाउचीले खोप निर्माणमा अमेरिकालाई चीनले पछि पार्छ कि भन्नेमा आफ्नो कुनै चिन्ता नरहेको उनको भनाइ छ । उनले सबै एउटै बाटोमा हिँड्न नसक्ने भन्दै चीनले कोरोना भाइरसको खोप अमेरिकाभन्दा पहिला निर्माण गर्न नसक्ने पक्का रहेको बताए ।

यद्यपि कोरोना भाइरसविरुद्धको खोपले कति समयसम्म मानिसलाई कोरोना भाइरसबाट बचाउँछ भन्ने प्रश्न भने अझै पनि बाँकी रहेको फाउचीको भनाइ छ । बुधबार अमेरिकी कम्पनीले निर्माण गरेको खोप परीक्षणको महत्वपूर्ण चरण सफल रहेको दाबी गरिएको थियो । अब यो खोपको अन्तिम चरणको परीक्षण बाँकी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसलाई निकै ठूलो समाचार रहेको बताएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?