+
+
Shares

अमेरिकामा २०२० को अन्तिमसम्म कोरोनाको खोप आउँछ : फाउची

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १ गते १७:१४

१ साउन, काठमाडौं । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले यस सन् २०२० को अन्तिमसम्ममा अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बजारमा आउने बताएका छन् । उनले अहिले अनुमान गरिएको समयसीमाको विषयलाई लिएर आफू निकै खुसी रहेको पनि बताएका छन् ।

फाउचीले खोप निर्माणमा अमेरिकालाई चीनले पछि पार्छ कि भन्नेमा आफ्नो कुनै चिन्ता नरहेको उनको भनाइ छ । उनले सबै एउटै बाटोमा हिँड्न नसक्ने भन्दै चीनले कोरोना भाइरसको खोप अमेरिकाभन्दा पहिला निर्माण गर्न नसक्ने पक्का रहेको बताए ।

यद्यपि कोरोना भाइरसविरुद्धको खोपले कति समयसम्म मानिसलाई कोरोना भाइरसबाट बचाउँछ भन्ने प्रश्न भने अझै पनि बाँकी रहेको फाउचीको भनाइ छ । बुधबार अमेरिकी कम्पनीले निर्माण गरेको खोप परीक्षणको महत्वपूर्ण चरण सफल रहेको दाबी गरिएको थियो । अब यो खोपको अन्तिम चरणको परीक्षण बाँकी छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसलाई निकै ठूलो समाचार रहेको बताएका थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?