Comments Add Comment

चीनको सिन्चियाङमा कोरोना संक्रमित फेला परेपछि हवाई सेवा रद्द

२ साउन, काठमाडौं । चीनको सिन्चियाङ प्रान्तको राजधानी उरुम्कीमा कोरोना भाइरसका एक संक्रमित फेला परेसँगै ६ सयभन्दा धेरै उडान रद्द भएका छन् । बिहीबार कोरोनासँग मिल्दो लक्षण भेटिएसँगै गरिएको परीक्षणमा २४ वर्षीय एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । साथै युवतीको सम्पर्कमा आएका अन्य तीन जनामा पनि कोरोना संक्रमण देखिएको थियो । तर, उनीहरुमा कोरोना भाइरसको कुनै लक्षण भने देखिएको थिएन ।

यससँगै डिवोपु अन्तर्राष्ट्रिय विमानस्थलका समग्र दैनिक उडानको ८० प्रतिशत उडानमा रोक लगाइएको हो । शुक्रबारदेखि धेरै एयरलाइन्सहरुमा यात्रा गर्न एक साताभित्र गरिएको पीसीआर परीक्षणमा नेगेटिभ आएको बुझाउनुपर्नेछ । साथै उनीहरुले यात्राका लागि सुरक्षित रहेको स्वास्थ्य कोड मोबाइल एपमा देखाउनुपर्नेछ । यो मोबाइल एप कोरोना भाइरसका सम्भावित संक्रमित पहिचानको लागि बनाइएको हो ।

उरुम्की सहरको सब–वे सेवा पनि बन्द गरिएको छ । चीनले शुक्रबार सार्वजनिक गरेको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १० नयाँ संक्रमित फेला परेका छन् । जसमध्ये नौजना विदेशबाट आएका व्यक्तिहरु थिए ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment