Comments Add Comment

भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष गुरुङको निधन

२ साउन, काठमाडौं । नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष मेजर दिपकबहादुर गुरुङको निधन भएको छ ।

नेपाली कांग्रेसका पूर्व सांसद समेत रहेका गुरुङको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो साढे २ बजे निधन भएको नेपाली कांग्रेसले जनाएकाे छ ।

कास्कीको नार्माजुन–३ मा जन्मिएका गुरुङ ब्रिटिश आर्मीबाट अवकाश प्राप्त मेजर हुन् । उनी नेपाल भूतपूर्व सैनिक संघको तीन कार्यकालसम्म अध्यक्ष बनेका थिए ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

मेजर गुरुङको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको भन्दै देउवाले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment