Comments Add Comment

‘बजेटले निराश बनायो, मौद्रिक नीतिले आशावादी’

२ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मौद्रिक नीति स्वागत योग्य भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार आर्थिक वर्ष २०७७÷७८ का लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति निजी क्षेत्रमैत्री भएको उनले बताए ।

सरकारले ल्याएको बजेटले भने निराश बनाएको बेला मौद्रिक नीतिले केहि आशा थपेको उनले बताए । ऋणको भाका २ वर्ष पर सार्ने, पुनरकर्जाको दायरा बढाउने लगायतका व्यवस्थाहरु राम्रो भएको अध्यक्ष श्रेष्ठले बताए ।

‘मौद्रिक नीति स्वागत योग्य छ, तर बजेट यसरी आएको भए धेरै राम्रो हुने थियो’ उनले भने, ‘बजेटले बनाएको निराश मौद्रिक नीतिले आशावादी बनाएको छ ।’

कृषि क्षेत्रमा बैंकको लागानी वृद्धि, पुनर्कजाको व्यवस्था, ब्याज छुट जस्ता विषय सकारात्मक भएको अध्यक्ष श्रेष्ठको भनाइ छ । सानादेखि ठूला सबै व्यवसायको हित गर्ने गरी मौद्रिक नीति आएको भन्दै श्रेष्ठले कार्यन्वयन र अनुगमनमा राष्ट्र बैंकले विशेष ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment