Comments Add Comment

शुक्रबार विदेशबाट फर्किए १२४९ नेपाली, १५ उडान-अवतरण

२ साउन, काठमाडौं । विदेशबाट शुक्रबार एकै दिन १२४९ जना नेपाली घर फर्किएका छन् । यस दिन विभिन्न वायुसेवा कम्पनीका १५ उडान/अवतरण भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना नेपालीलाई काठमाडौं अवतरण गराएको छ ।

नेपाल एयरलाइन्सले समेत दमामबाट १४६ जना नेपालीलाई घर फर्काएको छ । नेपाल एयरलाइन्सले दोहाबाट १६८ नेपालीलाई काठमाडौं ल्याएको छ । हिमालय एयरलाइन्सले दमामको अर्को उडानबाट थप १५४ जनालाई काठमाडौं ल्याएको छ ।

हिमालय एयरलाइन्सले रियादबाट १४९ जना नेपालीलाई घर फर्काएको विमानस्थलको तथ्यांकमा उल्लेख छ । एयर अरेवीयाले सारजहाबाट १६७ जनालाई काठमाडौं ल्याएको छ ।

जजीरा एयरवेजले कुवेतबाट १५३ जनालाई घर फर्काएको छ । शुक्रबार कार्गो बोकेर दोहाबाट आएको कतार एयरवेजले २ जना यात्रुसमेत ल्याएको थियो । शुक्रबार फ्लाइ दुबईसमेत दुबईबाट कार्गो उडानका दौरान काठमाडौं आएको छ ।

जजीरा एयरवेजले दोस्रो उडानमा शुक्रबार नै १५६ जना नेपालीलाई काठमाडौं ल्याएको तथ्यांक रहेको छ । आज नेपाल एयरलाइन्सका तीन जहाज रियाद, बहराइन र दोहा प्रस्थान गर्दैछन् । हिमालयका दुई जहाज बहराइन र दोहा जाँदैछन् । यी जहाज शनिबार काठमाडौं आउने छन् । बिहीबार अन्तराष्ट्रियतर्फ कुल ११ उडान-अवतरणको योजना छ ।

आन्तरिकतर्फ तारा एयरको जहाज कार्गो बोकर लुक्ला प्रस्थान गर्‍यो । यति एयरको जहाज ११ यात्रु बोकेर नेपालगन्ज गएको छ । समिट एयर कार्गो बोकेर लुक्ला गएको छ ।

सीता एयरको जहाजले ३ यात्रु लिएर काठमाडौं आएको छ । शुक्रबार श्रीएयर ४ यात्रुसहित दोलखा गयो । मनाङ एयरले ६ यात्रु बोकेर खोटाङतर्फ उडेको छ ।

सिमि्रक हेलीले २ यात्रु बोकेर सिन्धुपाल्चोक लागेको छ । प्रभु हेली २ यात्रुसहित पोखरा गएको छ । कैलास हेली २ यात्रुसहित तातोपानीतर्फ उडेको विमानस्थलको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment