Comments Add Comment

साँफे-मार्तडी सडक तत्काल सञ्चालन नहुने

फाइल तस्वीर

३ साउन, बाजुरा । बाजुरा खण्डको साँफे–मार्तडी सडक तत्काल सुचारु नहुने भएको छ । तत्कालका लागि पुरानै सडकलाई सामान्य मर्मत गरेर बाटो सुचारु गर्ने भनिए पनि थप सडक भासिएपछि तत्काल सञ्चालन नहुने भएको छ ।

द्धवारी, बल्दे क्षेत्रको करिब एक किलोमिटर सडक पहिरोले भासिएको छ । सडक मर्मतका लागि सडक डिभिजन कार्यालय साँफेबगरले डोजर प्रयोग गरे पनि सडकको अवस्था सुधार्न नसकिएको इञ्जिनियर दमनकुमार विष्टले जानकारी दिए । बूढीगंगा नदीको कटान र लगातारको वर्षाका कारण पहिरो नरोकिँदा बाटो सुचारु गर्न थप समस्या देखिएको हो ।

बल्दे क्षेत्रबाट १०० मिटर जति बाटो नयाँ कटान गरिए पनि द्धवारी क्षेत्रबाट थप पहिरो गएको छ भने अम्कोटको गाउँ तल पर्ने भागको सडकमा पनि पहिरो गएर सडक भासिएको छ । साता दिनभित्र अवरुद्ध बाटो सुचारु गर्ने गरी काम शुरुआत गरिए पनि सञ्चालनमा समस्या देखिएको डिभिजन कार्यालय प्रमुख ललित खनालले बताए ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे नेतृत्वको टोलीले अवस्थाबारे जानकारी लिएको छ । सडक डिभिजन कार्यालय प्रमुख ललित खनालसहित बाजुराका स्थानीय तहका व्यक्तिसहितको टोलीले बाटोको अवस्थाबारे जानकारी लिनुका साथै सञ्चालको उपायबारे छलफल भएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताए ।

द्धवारी मन्दिर नजिकैको खोलाबाट अर्को बाटो निर्माण गर्ने की भन्ने विकल्पबारे छलफल भए पनि पुनः पहिरो गएकै क्षेत्रमा अल्पकालीन उपाय निकाल्ने र दीर्घकालीन समाधानका लागि पहल जारी राख्ने विषयमा छलफल गरिएको छ । निर्माण गरिएको एकतिरको सडकसमेत पहिरोमा भाँसिएपछि तत्काल सञ्चालन हुने अवस्था देखिएको छैन ।

सडक पहिरोले भाँसिएपछि दुईसाता दिनदेखि साँफे मार्तडी सडक पूर्णरुपमा बन्द भएको छ । सवारीसाधन मार्तडीबाट द्धवारी र तलबाट पनि बल्देसम्म मात्र आउने गरेका छन् ।

सडक अवरोध हुँदा पैदलयात्रा गर्न पनि निकै समस्या भएको छ । बूढीगंगा नगरपालिका–१ अम्कोटमा ठूलो पहिरो खसेको छ । पैदलयात्रा लागिसमेत जङ्गलको बाटो हिँड्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment