+
+
Shares

मनकामना केवलकार सन्चालन गर्न पाउनुपर्ने माग

बिकास मरहट्टा बिकास मरहट्टा
२०७७ साउन ४ गते ७:३२

४ साउन, गोरखा । मनकामना दर्शन प्रालिका कर्मचारीहरुले केवलकार सेवा सुरु गर्न पाउनु पर्ने माग गरेका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सेवा सुरु गर्न दिनुपर्ने माग कर्मचारीहरुको भनाइ छ ।

करिव चार महिनादेखि केवलकार बन्द हुँदा जीवन निर्वाह गर्न मुस्किल भएको भन्दै उनीहरुले सेवा सन्चालनको वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन् ।

‘केवलकार सेवा सुचारु गर्न सरकारले अझै चासो दिएको छैन,’ प्रालिका कर्मचारी यूनियन अध्यक्ष राजेन्द्र लामाले भने, ‘सधैं बन्द गरिरहने हो भने हामी कर्मचारीहरु कसरी बाच्ने ?’

‘सरकारले गरेको लकडाउनले बेरोजगार बढेको छ, मान्छे भोकै मर्ने बेला भइसक्यो, आत्महत्या र भोकमरीको कहर बढेको छ, सधैं लकडाउन गरिरहनुभन्दा पनि निश्चित मापदण्ड तोकेर सेवा सन्चालन गर्न दिनुप¥यो,’ लामाले भने ।

केवलकारसँगै अन्य व्यवसायहरु पनि सन्चालन गराउनुपर्ने उनीहरुले बताएका छन् ।

मनकामना दर्शन प्रालिका नायव महाप्रवन्धक डिएन कायस्थले सरकारबाट अनुमति पाए केवलकार सन्चालनका लागि आफूहरु तयार रहेको बताए । ‘सधैं बन्द गरेर हुँदैन, सन्चालन गर्न दिनुप¥यो, बरु सुरक्षाको मापदण्ड बनाइदिए भइहाल्यो नी !’ उनले भने ।

गत चत ८ गतेबाट केवलकार सेवा बन्द भएको उनले जानकारी गराए । सेवा बन्द हुँदा करिब ३० करोड घाटा लागेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?