+
+
Shares

निर्माता संघले गर्यो मौद्रिक नीतिको स्वागत

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते १३:३३

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको चलचित्रकर्मीहरुले स्वागत गरेका छन् । आफूहरुले पेश गरेका मागको अधिकांश बुँदा सम्बोधन भएको भन्दै चलचित्र निर्माता संघले मौद्रिक नीतिको स्वागत गरेको हो ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले अनलाइनखबरसँग भने–‘मौद्रिक नीतिमा मनोरञ्जन क्षेत्र भन्ने उल्लेख छ । यसले सम्पूर्ण मनोरञ्जन क्षेत्रलाई सम्बोधन गर्छ । असारसम्म तिर्न भनिएको ब्याज पौषसम्म तिर्न सकिनेछ । ब्याज तिर्न नसकेको खण्डमा त्यसैलाई साँवा बनाएर तिर्दा पनि हुन्छ भनिएको छ, यो पनि सुखद कुरा हो ।’

आकाशले चलचित्र क्षेत्रलाई पनि कोरोनाबाट अति प्रभावित क्षेत्रको सूचीमा राखिएकाले अन्य थुप्रै सुविधाहरु प्राप्त हुने बताए ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा भनिएको छ–‘कोभिड १९ को नियन्त्रण र रोकथामका लागि चालिएको कदमको कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, मनोरञ्जन लगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र व्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाई भएको अवस्थालाई दृष्टिगत गरि कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुनरतालिकिरकणको व्यवस्था गरिनेछ ।’

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले भने–‘राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिबाट निर्माता भन्दा बढी हल संचालकहरु लाभान्वित हुन्छन् । यसले, चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहज हुनेछ ।’

उनले, लक डाउनको अवधीमा तिनुपर्ने ब्याजमा ५० प्रतिशत छुटको माग आफूहरुले राखेपनि त्यो पुरा नभएको भन्दै यसका लागि प्रक्रिया अगाडि बढाउने बताएका छन् । बजेटले समेट्न नसकेका धेरै कुराहरुलाई मौद्रिक नीतिले समेटेको भन्दै उनले खुशी व्यक्त गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?