Comments Add Comment

भोलिदेखि सार्वजनिक यातायात चलाउन व्यवसायी तयार

४ साउन, काठमाडौं । सरकारको निर्णयअनुसार भोलिदेखि सार्वजनिक सवारीसाधान सञ्चालनमा आउने भएका छन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सोमबार बिहानबाट यातायात सञ्चालन हुने जानकारी दिए ।

सरकारले असार २६ गतेदेखि नै सवारीसाधन सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका व्यवसायीहरु विभागमा आइतबार भएको छलफलपछि सवारीसाधान सञ्चालन गर्न तयार भएका हुन् ।

सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको महानिर्देशक हमालले बताए ।

कोभिड संक्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाइका साथ पालना गर्न पनि उनले आग्रह गरेका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौदि्रक नीतिमार्फत समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको नीतिमा व्यवसायीहरुका अधिकांश मागहरु सम्बोधन भएको उनको भनाइ छ ।

अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन् । उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् ।

अहिले पनि साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरु सञ्चालनमा रहेका छन् । व्यवसायीहरुले लामो दुरीको सवारी सञ्चालनका लागिसमेत तयारी भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment