+
+
Shares

पाकिस्तानमा घट्दै कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते १६:२८

४ साउन, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण घट्न थालेको छ ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा कोरोना भाइरसका एक हजार ५७९ सं क्रमित फेला परेका हुन् । यो संख्या पाकिस्तानमा एक महिनाभन्दा लामो समयपछि एकदिनमा भेटिएको यो सबैभन्दा कम हो । यससँगै पाकिस्तानी अधिकारीहरुले आगामी सातादेखि लामो समयदेखि रोकिएको पोलियोविरुद्धको अभियान पुनः सञ्चालन गर्ने भएका छन् ।

पछिल्लो २४ घण्टामा पाकिस्तानमा २२ हजार ५५९ कोरोना भाइरसको परीक्षण गरिएको थियो । पाकिस्तानमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ६३ हजार पुगेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि पाँच हजार ५६८ पुगेको छ ।

सोमबारदेखि आठ लाख बालबालिकाका लागि तनिदिने पोलियो कार्यक्रम सञ्चालन हुँदैछ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?