+
+
Shares

ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ४ गते १७:५७

४ साउन,काठमाडौं । विहानभर आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर स्पष्टिकरण दिएका नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको स्रोतले जनाएको छ । शनिबारको बैठकमा मंसिरमा आउँदो मंसिरमा  महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका थिए ।

अध्यक्ष प्रचण्ड समय लिएर प्रधानमन्त्रीलाई भेट्न आएको बालुवाटार स्रोतले जनाएको छ । माधव नेपालसहितका नेताहरुसँग भेट्नुअघि प्रचण्डले आज विहान उपाध्यक्ष बामदेव गौतम र महासचिव बिष्णु पौडेलसँग अलग अलग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?