+
+
Shares

सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक सिलवाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ५ गते ९:१५

५ साउन, काठमाडौं । प्रहरीले बैंकिङ कसूर सम्बन्धी मुद्दाका एक जना फरार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थ डेभलपमेन्ट बैंकका पूर्वसञ्चालक बालकोट बस्ने मधुसुदन सिलवाल छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई आइतबार पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख डीआइजी सहकुलबहादुर थापाका अनुसार सिलवालविरुद्ध दुई वटा बैंकिङ कसूरको मुद्दा दायर भएकोमा एउटामा दुई वर्ष कैद र ३० लाख रुपैयाँ धरौटी जफत तथा अर्कोमा तीन वर्ष कैद र एक करोड रुपयाँ जरिवाना सजाय तोकिएको थियो ।

कमसल धितो राखेर कर्जा लिएको अभियोग सिलवालमाथि थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?