Comments Add Comment

यस्तो छ सोफियाको तीज गीत

हरितालिका तीज आउन अझै महिना दिन बाँकी छ । यद्यपि गाउँ–शहरमा भने तीज गीत घन्कन थालेको छ । त्यसो त तीजसँग गीत–संगीतको पनि खास नाता छ । महिलाहरुले बर्षभर आफ्नो घरमा भोगेका सुख–दु्ःखका कुरा गीतमार्फत पोख्ने परम्परा छ । तीजको आफ्नै शैली, भाका र मीठास छ । अभिव्यक्तिको छुटै तौर–तरिका छ ।

बद्लिदो समयसँगै तीज गीतको शैलीमा पनि विविधता देखिन थालिएको छ । विगतमा महिलाहरुले आफुमाथिको थिचोमिचो गीत मार्फत पोख्थे भने अहिले भने तीज गीत र शैलीमा महिलाहरुको स्वतन्त्रताको अभिव्यक्ति पाइन्छ । जस्तो कि, ‘अबको तीज नो ब्रत प्लिज ।’

हालै सार्वजनिक भएको तीज गीत हो यो । यसमा महिलाको दुःख बिलौना छैन । बरु स्वतन्त्रता र समानताको कुरा उठाइएको छ । ‘अबको तीज, नो व्रत प्लिज, नो खुट्टाको पानी, महिला पुरुष, दुबै बराबरी ।’

यसमा स्वर दिएकी छिन्, सोफिया थापाले । संगीत र शब्द पनि उनैको हो । संगीत संयोजन गरेका छन्, गोविन्द माधुर आचार्यले ।

गीतको म्युजिक भिडियोलाई मनिष पन्थले निर्देशन गरेका हुन् । छायांकन, सम्पादन पनि उनैको हो । लोकेन्द्र शाहले कोरियोग्राफी गरेका छन् । यसमा मेनुका थापा, पूजा गहतराज, अनिशा गौतम, बबिता धिताल, प्रियंका थापा, श्रद्धा थापा, रजनी केसी, अग्रिम पण्डित आदिले नृत्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment