Comments Add Comment

अशिष्माको प्रश्न–‘हाम्रो फिल्म क्षेत्र कस्तो परिवार ?’

बैबाहिक जीवनमा बाँधिएपछि नायिका अशिष्मा नकर्मीले चलचित्र यात्रालाई अगाडि बढाएकी छैनन् । बिबाह अगाडि चलचित्र क्षेत्रमा राम्रै उपस्थिती बनाइरहेकी यी सुन्दरीले अहिले घरयासी जिवनलाई नै अगाडि बढाइरहेको देख्न सकिन्छ । तर, उनले फाट्टफुट्ट म्यूजिक भिडियोको छायांकन भने गरिरहेकी छिन् ।

उनै, अशिष्मा चलचित्र क्षेत्रमा पछिल्लो केही महिनायता देखिएको वादविवाद देखेर दिक्क छिन् । सामाजिक संजालमा उनले चलचित्र क्षेत्र कस्तो परिवार हो भनेर प्रश्न उठाएकी छिन् ।

उनी लेख्छिन्–‘हामी आफूलाई नेपाली चलचित्र क्षेत्रको परिवार भन्छौं, तर हाम्रो कस्तो परिवार ? स–सानो कुरामा पनि आफू भित्रै पक्ष विपक्षमा विभाजन हुने हाम्रो कस्तो परिवार ?’

अशिष्माले घर भित्रको विवाद घर भित्रै मिलाउन सक्ने भएतापनि बाहिर छताछुल्ल पार्न नहुने पनि बताएकी छिन् । चलचित्र क्षेत्रमा ठूलालाई सम्मान र सानालाई प्रोत्साहन हुन छाडेको भन्दै उनले परिवार भन्नुको अर्थ नभएको तर्क पेश गरेकी छिन् । चलचित्र क्षेत्रमा रिस, घमन्ड, दम्भ, अहंकार, डाहा बढेको भन्दै उनले जोडिनुपर्ने परिवार किन तोडिदैछ भनेर प्रश्न गरेकी छिन् ।

लक डाउनको समयमा चलचित्र क्षेत्रमा वादविवाद छताछुल्ल मात्र भएन एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्नमा पनि चलचित्रकर्मी व्यस्त भए । यसले, चलचित्र क्षेत्रको बिषयमा गतिलो सन्देश दर्शकमाझ पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment