Comments Add Comment

सांग्रिला डेभलपमेन्ट बैंकको अनलाइनबाटै खाता खोल्न सकिने

५ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सूचना प्रविधिको विकाससँगै ग्राहक सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र प्रविधि मैत्री बनाउँदै अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको छ ।

अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शून्य मौज्दातमा खाता खोल्न सक्नुहुनेछ ।

यसबाट स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आफ्नै घर तथा कार्यालयमा बसि बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरिएको छ ।

बैंकले विकास गरेको प्रविधि अत्याधुनिक र सरल रहेको एंव खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको हुँदा उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको छ । यस योजना बाट ग्राहक महानुभावले  अधिकतम् लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment