Comments Add Comment

जोगबनी नाकामा भारतीय भन्सार एजेन्टको अवरोध टर्‍यो

५ साउन, काठमाडौं । जोगबनी नाकाको भारतीय भन्सारतर्फ घोषणा गरिएको हड्तालको कार्यक्रम तत्कालका लागि फिर्ता भएको छ । भारतीय भन्सार एजेन्टको आन्दोलनका कार्यक्रम फिर्ता लिएर नियमित काममा फर्केको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

भारतीय भन्सार एजेन्टले कोरोनासहितका विभिन्न कारण देखाएर काम ठप्प पार्ने घोषणा भएको र यसले नेपालतर्फ निकै चिन्ता बढेको उनको भनाइ छ । ‘कारोनाको विषम परिस्थितिमा आहृवान गरिएको हड्तालले हामीलाई चिन्तित बनाएको थियो, तर नेपाल र भारततर्फका दुबै देशका भन्सार अधिकारीहरुको पहलमा आन्दोलन फिर्ता भएको छ,’ महानिर्देशक दाहालले भने ।

सामान्य कारणमा नाकाको आयात निर्यात बन्द गर्ने घोषणापछि नेपालीतर्फबाट विशेष चासो देखाइएको र हाल समस्या समाधान भएको दाहालको भनाई छ । भारतीय भन्सार एजेन्टहरुले हड्तालको घोषणा गरेपछि नेपाली व्यवसायीहरुमा ठूलो चिन्ता थपिएको थियो ।

‘राजनीतिक तहमा असमझदारी चुलिएको बेला भन्सारमा सुरु गरिएको आन्दोलनले अनेकौं आशकां जन्माएको थियो अब हामीले शंकटको सामना गर्नु पर्ने अवस्था आउँदैछ भनेर हामीले माथिल्लो तहमा छलफल पनि गरेका थियौँे तर समझदारी भयो राम्रै भयो,’ एक आयातकर्ताले भने ।

भातीय भन्सार एजेन्टहरुको संठगनले गत शनिबार एक निर्णय गर्दै जोगबनी नाका भएर जुलाई २२ देखि हुने आयात निर्यातको सबै काम ठप्प पार्ने निर्णय गरेको थियो । कोरोना कारण कर्मचारीहरु जोखिममा परेको अवस्थामा काम गर्न नसक्ने उनीहरुको माग थियो ।

भन्सारको काममा घोषणा गरिएको अवरोधले दुईदेशबीचको व्यपारमा अवरोध पुग्ने भन्दै नेपाली भन्सार पक्षले कुटनीतिक पहल थालेको थियो । नेपालको आग्रहमा भारतीय भन्सारले एजेन्टहरुको समस्या समाधान गर्न सहमति जनाएपछि आईतबार आन्दोलनका कार्यक्रम स्थगित भएको गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment