Comments Add Comment

७ खर्ब ५० अर्ब युरोको राहत कोषका लागि ईयूका नेता सहमत

६ साउन, काठमाडौं । युरोपेली संघ (ईयू)का नेताहरु ७ खर्ब ५० अर्ब युरोको कोरोना भाइरस रिकोभरी प्याकेजका लागि सहमत भएका छन् । केही दिनसम्म चलेको बैठकमा उनीहरु बीच यो सम्झौता भएको हो ।

सम्झौता भएसँगै २७ मुलुकको यो संगठनले ७ खर्ब ५० अर्ब युरोको कोष जुटाउनेछ । यो कोषबाट कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण भएको आर्थिक नोक्सानीबाट पार पाउनका लागि अनुदान वा ऋण दिइनेछ ।

युरोपियन काउन्सिलका अध्यक्ष चार्ल्स मिसेलले युरोपका लागि यो महत्वपूर्ण क्षण रहेको बताएका छन् । ईयूका लागि यो कोष अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता भएको बताइएको छ । अहिले भएको सम्झौता अनुसारको ३ खर्ब ९० अर्ब युरो महामारीका कारण सबैभन्दा धेरै प्रभावित बनेका मुलुकलाई अनुदानको रुपमा प्रदान गरिनेछ । जसबाट इटाली र स्पेन सबैभन्दा धेरै लाभन्वित हुन सक्ने बताइएको छ । बाँकी रकम भने कम व्याजदरमा ईयूका सदस्य राष्ट्रहरुलाई प्रदान गरिनेछ ।

गत शुक्रबारदेखि ईयूका नेताहरुको बीच यो वार्ता सुरु भएको थियो । सन् २००० पछिको यो सबैभन्दा लामो समयसम्म चलेको बैठक हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment