News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपेली संघले युनिसेफसँगको सहकार्यमा विमानमार्फत ८२ टन अत्यावश्यक राहत सामग्री नेपाल ल्याएको छ।
- ईयूले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत थप ५ लाख युरो उपलब्ध गराउने भएको छ।
- लक्जेम्बर्ग, जर्मनी, लाट्भिया र नर्वेले पनि नेपालका बाढी प्रभावित क्षेत्रमा लाइफ ज्याकेट, सरसफाइ सामग्री, कम्बल र स्वास्थ्य सामग्री पठाइरहेका छन्।
२० भदौ, काठमाडौं । विनाशकारी बाढीबाट पीडितलाई युरोपेली संघ (ईयू) ले थप मानवीय सहयोग उपलब्ध गराएको छ। ईयूले विमानमार्फत युनिसेफसँगको सहकार्यमा ८२ टन अत्यावश्यक राहत सामग्री नेपाल ल्याइएको हो।
ईयूले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत थप ५ लाख युरो उपलब्ध गराउने भएको छ।
उक्त रकमबाट स्थानीय टोलीहरूले बाढी प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने सामग्री तथा सेवा छिटो उपलब्ध गराउन सक्नेछन्।
ईयूको नागरिक सुरक्षा संयन्त्रअन्तर्गत लक्जेम्बर्ग, जर्मनी, लाट्भिया र नर्वेले पनि नेपाललाई सहयोग पठाइरहेका छन्। ती देशबाट लाइफ ज्याकेट, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य तथा चिकित्सा सामग्री र आपत्कालीन उपकरण पठाइँदैछ।
यसअघि नै ईयूले अगस्ट २८ मा २० लाख युरो बराबरको आपत्कालीन मानवीय सहायता घोषणा गरिसकेको थियो। साथै, यस वर्षको सुरुवातमा नेपालमा विपद् पूर्वतयारीका लागि करिब ३० लाख युरो विनियोजन गरिएको थियो।
प्रतिक्रिया 4