Comments Add Comment

मौसमी फलफूल : स्वास्थ्य र सौन्दर्यका लागि

अहिले आँप, खरबुजाको सिजन छ । केरा, स्याउ जस्ता फलफूल त बाह्रैमास पाइन्छ । हामीलाई थाहा भएकै कुरा हो, फलफूलको सेवन स्वास्थ्यका लागि लाभदायक हुन्छ । त्यसो त यी फलफूललाई अनुहार एवं छालाको सौन्दर्यका लागि समेत उपयोग गर्न सकिन्छ ।

जस्तो आँपको कुरा गरौं । आँपलाई त्यसै पनि फलहरुको राजा मानिन्छ । आँपमा भिटामिन ए को मात्रा अत्यधिक हुन्छ, जुन आँखा र छालाका लागि अति नै उपयोगी मानिन्छ । आँपले छालामा चमक ल्याउन समेत भूमिका खेल्छ ।

आँपलाई सौन्दर्य बढाउनका लागि पनि प्रयोग गर्न सकिन्छ । यसका लागि आँपको गुदीमा एक चम्चा मह, एक चम्चा दही तथा थोरै बेसार मिसाउनु पर्छ । उक्त मिश्रणलाई आफ्नो अनुहारमा हल्का हातले लगाउनु पर्छ । करिव १५ मिनेटपछि सफा पानीले अनुहार धुनुपर्छ, अनुहारमा ताजापन अनुभव हुन्छ ।

गर्मी मौसममा मात्र पाइने यो फलफूलमा पानीको मात्र अत्यधिक हुन्छ । जस्तो कि, खरबुजा । यसमा पानीको मात्र बढि हुने भएकाले यसले हाम्रो शरीरलाई शितलता प्रदान गर्छ । स्वास्थका लागि त यो लाभदायक भयो नै, सौन्दर्यका लागि समेत उपयोगी मानिन्छ । केही चम्चा खरबुजाको रातो भागमा थोरै मुल्तानी माटो मिसाएर अनुहार मसाज गरेर केही मिनेटपछि सफा पानीले धुनु पर्छ । यसो गर्दा हाम्रो अनुहार चम्किलो देखिन्छ ।

केरा सधैभरी पाइने फल हो । केरामा भिटामिन, खनिज पर्याप्त मात्रामा पाइन्छ । यो फाइबर र प्रोटिनको स्रोत पनि हो ।

केराले हाम्रो स्वास्थलाई राम्रो बनाउने त छँदैछ, यसले हाम्रो सुन्दरता बढाउनमा समेत सहयोग पु¥याइरहेको हुन्छ । केराले छालाको चमक बढाउँछ । पाकेको केरामा थोरै मह मिसाएर अनुहार तथा गर्दनमा केही मिनेटसम्म मजास गरेर सफा पानीले पखाल्नुपर्छ । यसले अनुहारको दाग, धब्बा हट्नुका साथै मुलायम पनि हुन्छ ।

पाचन यन्त्रका लागि निकै लाभदायक फल हो मेवा । मेवा प्राय सधैभरी पाइन्छ । अपचको समस्या वा पेटसँग सम्बन्धित कुनैपनि समस्या भएमा मेवा सेवन गर्नु लाभदायक हुन्छ । त्यसबाहेक अनुहारको चमक बढाउन समेत मेवालाई प्रयोग गर्न सकिन्छ । पाकेको मेवामा एक चम्चा मह तथा एक चम्चा मुलतानी माटो मिसाएर अनुहारमा लगाउनु पर्छ । करिव १५ मिनेटपछि अनुहार धुनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment