+
+
Shares

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ६ गते १७:३६

६ साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड मंगलबार साँझ पाँच बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सो सडकखण्ड अन्तर्गत पर्ने चार किलोमा पहिरो पन्छाएपछि सडक एकतर्फी रुपमा सञ्चालनमा आएको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

सडकमा पहिरो खसेका कारण सोमबार बिहानबाट नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएर सडक सुचारु गरिएसँगै चितवन–दमौली–पोखराका लागि हिँडेका सवारी साधनहरु चल्न थालेको उनले बताए । पहिराे पन्छाउने काम अझै बाँकी रहेका कारण दाेहराे गाडी चल्न अझै समय लाग्ने उनले बताए ।

तर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मौवा खोलामा रहेको पुल बाढीले बगाएका कारण काठमाडौं आउजाउ गर्ने अवस्था भने नरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?