Comments Add Comment

आव २०७६/७७ मा एनसीएचएलको करोबार संख्या २ करोड नाघ्यो

७ साउन, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आर्थिक वर्ष २०७६/७७असार मसान्तभित्र कुल २ करोड ६ लाख भन्दा बढीको भुक्तानी कारोबारहरु र्फछ्यौट गरेको छ । जुन गत वर्षको तुलनामा २२.२ प्रतिशतले बढी हो ।

विभिन्न भुक्तानी प्रणालीहरुमार्फत भएका सो कारोबारहरु मूल्यको आधारमा ९६.८ खर्ब रुपैयाँ, ३२ करोड यूएस डलर, २३.८ करोड युरो र १७.१ करोड पाउन्ड स्टर्लिङ बराबर रहेका छन् ।

यस सँगै राष्ट्रिय स्तरका भुक्तानी प्रणालीको विकासमा निरन्तर टेवा पुर्याउँदै आएको एनसिएचएलको स्थापना वर्ष देखि हालसम्मको वृद्धिदर ५८.८ प्रतिशत पुगेको छ । हाल एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत दैनिक औसत रु.३६.२ अर्ब बराबरको ७७,११५ भुक्तानी कारोबार हुने गरेका छन् ।

एनसीएचएलका एनसीएचएल-ईसीसी, एनसीएसएल-आईपीएस, कनेक्ट आईपीएस लगायतका विभिन्न भुक्तानी तथा र्फछ्यौटका प्रणालीहरु संचालनमा रहेका छन् । यसका साथै विभिन्न संस्थाहरुको भुक्तानी कारोबारहरु थप सहज बनाउन नेशनल पेमेन्ट्स इन्टरफेस तथा कनेक्ट आरजीटीएस पनि सञ्चालन गर्दै आएको छ ।

विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमार्फत हाल बैंक वित्तिय संस्था, पीएसपी र पीएसओ लगायतका विभिन्न सेवा प्रदायक संस्थाहरुलाई जोडी भुक्तानी कारोबार सहज बनाइएको छ ।

यसको प्रयोग सरकारी निकायमा पनि तलब भुक्तानी, तेस्रो पक्ष भुक्तानी लगायतका विभिन्न भुक्तानी एवम् राजस्व संकलनका निम्ति हुँदै आएकोमा गत आवमा रु.२१९ अर्ब बराबरको अन्तरबैंक सरकारी भुक्तानी तथा रु ३.१२ अर्ब बराबरको राजस्व संकलन एनसीएचएलका प्रणालीहरु मार्फत भएका छन् ।

कोभिड-१९ को कारणले चैत्र ११, २०७६ बाट भएको लकडाउनको अवस्थामा पनि एनसिएचएलकाविभिन्न भुक्तानी प्रणालीहरुले सर्वसाधारण तथा बैंकिङ्ग क्षेत्रलाई नो क्यास कारोबार गर्न आवश्यक सहयोग पुर्याउदै आएको थियो ।

लकडाउन अवधिमा पनि यसका विभिन्न भुक्तानी प्रणाली मार्फत ५२.५ लाख भुक्तानी कारोबारहरु भएका थिए ।

एनसीएचएल-ईसीसी, एनसीएसएल-आईपीएसका निम्ती सेवाग्राही बैंककै शाखा पुग्नु पर्ने भएता पनि कनेक्ट आईपीएसमार्फत भने बैंक शाखा नपुगि अनलाईनबाटै फन्ड ट्रान्सफर तथा अन्य भुक्तानी गर्न सकिन्छ ।

यसै कारणले गर्दा लकडाउनअघि एक अर्ब दैनिक औसत कारोबार हुने गरेको कनेक्ट आईपीएसमा असारमा भने २.५ अर्ब बराबरको दैनिक औसत कारोबार भएको छ । हाल डिजिटल भुक्तानी प्रणालीले लिएको गतिलाई निरन्तरता दिन साउन १बाट एनसीएचएलका भुक्तानी प्रणालीहरुमा शुल्क पनि घटाइएको छ ।

नेपाल राष्ट्र बैंक सँगै बैंक वित्तिय संस्थाहरुबाट प्रवर्द्धित एनसिएचएल नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको लाईसेन्स प्राप्त संस्था हो । एनसीएचएलले डिजिटल भुक्तानी क्षेत्रको विकासको लागि आˆना पूर्वाधारहरु विभिन्न संस्थाहरुलाई प्रदान गर्दै आएको छ ।

यसमा बैंक वित्तिय संस्था, पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनी, इन्सुरेन्स, सरकारी अर्ध-सरकारी संस्था, कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, नेप्से तथा अन्य विभिन्न संस्थाहरुलगायत १०२ सदस्यहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment