+
+

बागमती प्रदेशका ३२ वटा पुलको एकैसाथ उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते २०:२२

७ साउन, हेटौंडा । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण गरेको ३२ वटा पुलको बुधबार एकैसाथ उद्घाटन भएको छ ।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले ती पुलको उद्घाटन गरे । मकवानपुरको कैलाश गाउँपालिकास्थित दुवोखोला पक्की पुलसहित ३२ वटा पक्की पुल उद्घाटन गरिएको हो ।

पुल उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका कामहरु विस्तारै देखिने चरणमा रहेको बताए । उनले समय र खर्च कटौती गर्न निर्माण सम्पन्न भएका सबै पुलको एकैसाथ उद्घाटन गरिएको पनि जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय ललितपुरले ६ वटा, काभ्रेले ६ वटा, चितवनले ५ वटा, नुवाकोटले ४ वटा, सिन्धुपाल्चोकले ९ वटा र रामेछापले २ वटा पुल निर्माण गरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्ष २०७७/७८ मा १ सय २० वटा पुल निर्माण हुने भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले जानकारी दिए । । तीमध्ये १३ वटा झोलुङ्गे पुल निर्माणको लागि बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।

पुल निर्माणमा मात्र चालु आर्थिक वर्षको लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । पुलसँगै ४४ वटा ठूला सडक बहुवर्षीय ठेक्का मार्फत निर्माण भइरहेको फुयाँलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?