+
+
Shares

साइत जुराएकै दिन रातो मत्स्येन्द्रनाथको रथारोहण स्थगितको सूचना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते २१:१६

७ साउन, काठमाडौं । गुठी संस्थानले रातो मत्स्येन्द्रनाथको रथारोहण फेरि स्थगित गरेको छ । बुधबार दिउँसो साउन १० गतेको लागि तय गरिएको रथारोहण बुधबार राति नै सूचना जारी गरेर स्थगित गरिएको हो ।

गुठी संस्थान ललितपुर शाखा कार्यालयले जारी गरेको सूचनामा कोरोना भाइरसका कारण तोकिएको मितिमा रथारोहण हुन नसक्ने उल्लेख गर्दै नयाँ मुहूर्त जुराएर पुनः रथारोहणको मिति तय गर्ने उल्लेख गरेको छ ।

बुधबार बिहान रथारोहणको मुहूर्त साउन १० गते शनिबारका लागि जुरेको बताइएको थियो । गत चैत २८ गते कोरोनाका कारण रोकिएको रथ निर्माण कार्य गत असार १० गतेदेखि पुनः सुरु गरिएको थियो । तर मुहूर्त कुरेर अहिलेसम्म रथारोहण गरिएको छैन ।

पञ्चाङ्ग निर्णायक समितिका सदस्य समेत रहेका कीर्तिमदन जोशीले रथारोहण दिउँसोको १२ः१० देखि १२ः२५ सम्म गर्ने र सोही दिन रथयात्रा सुरु गर्ने गरी मुहूर्त जुराएका थिए । स्रोतका अनुसार कोभिडका कारण सरकारले जात्रा पर्व खुला गर्ने निर्णय नगरेका कारण प्रशासनको निर्देशनमा संस्थानले रथारोहण स्थगित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?