+
+
Shares

सन् २०२० को अन्तिमसम्ममा कोरोनाविरुद्धको खोप आउने चिनियाँ कम्पनीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते १४:५९

८ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप बनाइरहेको चिनियाँ कम्पनी सिनोफर्मले यस वर्षको अन्तिमसम्ममा खोप प्रयोगको लागि तयार हुने दाबी गरेको छ ।

बुधबार चिनियाँ सञ्चारमाध्यम सीसीटीभीले दिएको जानकारी अनुसार कम्पनीले यसअधिको अपेक्षाभन्दा पहिला नै सार्वजनिकरुपमा प्रयोगको लागि खोप तयार हुने बताएको हो ।

सिनोफर्मका अध्यक्ष लिउ जियाङले कम्पनीले अहिले मानिसमा चलिरहेको अन्तिम चरणको परीक्षण तीन महिनामा सकिने अपेक्षा गरेका छन् । सिनोफर्मको एकाइ चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी)ले अहिले कोरोना भाइरसविरुद्धको खोपको दुई प्रोजेक्टमा काम गरिरहेको छ । गत जुन महिनामा सीएनबीजीले सन् २०२१ सम्म खोप आउन नसक्ने बताएको थियो । चीनमा पर्याप्त कोरोना भाइरसका संक्रमित नरहेको कारण खोपको परीक्षणमा समस्या हुन सक्ने कम्पनीको भनाइ थियो ।

यद्यपि चीनले कोरोना भाइरसविरुद्धको परीक्षणको लागि वैकल्पिक स्थानको रुपमा अन्य मुलुकमा परीक्षण गरिरहेको छ । सिनोफर्मको कोरोनाविरुद्धको खोपको परीक्षण अहिले तेस्रो चरणमा प्रवेश गरेको छ । यो चरणको परीक्षण यूएईमा भइरहेको छ । यो चरणमा १५ हजार मानिसमा खोपको परीक्षण गरिनेछ ।

अर्को चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले सोही किसिमको प्रविधिको प्रयोग गरेर निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपको पनि तेस्रो चरणको परीक्षण चलिरहेको छ । सिनोभ्याकले आफ्नो तेस्रो चरणको परीक्षण ब्राजिलमा गरिरहेको छ ।

कोरोना भाइरसविरुद्ध क्यानसिनो बायोलोजिक्स इंक र चिनियाँ सैन्य अनुसन्धान एकाइले संयुक्तरुपमा निर्माण गरेको खोपको पनि पहिलो र दोस्रो चरणको परीक्षणमा सकारात्मक अनुसार आएको बताइएको छ । साथै यो खोपको लागि पनि चीनभन्दा बाहिर तेस्रो चरणको परीक्षणको लागि तयारी भइरहेको बताइएको छ ।

स्रोत :रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?