+
+
Shares

कर्णालीमा थप ३० जनामा कोरोना संक्रमण, २४ जना दैलेखका

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ८ गते १५:५५

८ साउन, सुर्खेत । कर्णालीमा पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार पुष्टि हुने संक्रमितमध्ये दैलेखका २४ जना, सुर्खेतका ५ र सल्यानका एकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

दैलेखको आठबीस नगरपालिका वडानम्बर १ का दुई महिलासहित ११ जना रहेका छन् ।  उनीहरु ४ देखि ४१ वर्षका छन् । सोही नगरपालिकाको वडानम्बर ७ का एकजना पुरुष संक्रमित भएका छन् ।

यस्तै, दैलेखकै महाबु गाउँपालिका वडानम्बर १ का १४ देखि ७३ वर्षका ८ जना पुरुष रहेका छन् । महाबुकै वडानम्बर ३, ४ र ५ का  ४९ देखि ७० वर्षका तीनजना  पुरुष पनि संक्रमित भएका छन् । दैलेखका अर्का एकजना संक्रमित डुङ्गेश्वर गाउँपालिका-१ का पुरुष हुन् ।

यस्तै सुर्खेतका संक्रमित भेरीगंगा नगरपालिका १, ४ र ८ नम्बर वडाका तीनजना पुरुष र चौकुन गाउँपालिका वडानम्बर ७ का दुई महिला रहेका छन् ।

एकजना सल्यानको छत्रेश्वरी गाउँपालिका-३ का ३८ वर्षीय पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना स्क्रमितको संख्या १८१३ पुगेको छ ।

हालसम्म प्रदेशमा १५५२ जना संक्रमित डिस्चार्ज भएका छन् । बिहीबारमात्रै ६ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या २५५ रहेको छ भने ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?