Comments Add Comment

अन्तर्राष्ट्रिय क्षेत्र हेर्न सांसदका ८ समूह गठन

फाइल तस्वीर

८ साउन, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विश्वका विभिन्न क्षेत्र हेर्ने गरी सांसदहरुको ८ वटा समूह गठन गरेको छ । हरेक समूहमा ४ जना सांसद रहेका छन् ।

विश्वलाई क्षेत्रगत रुपमा विभाजन गरी ती क्षेत्रका देशको समग्र विषय (सम्बन्ध, व्यापार, संस्कृति, कुटनीति लगायत) मा अध्ययन र अनुसन्धान गरी मूल समितिलाई सुझाव दिने गरी समूह गठन गरिएको हो ।

बिहीबार बसेको बैठकमा समिति सभापति पवित्रा निरौला खरेलले समूहले आफ्नो क्षेत्रका देशसँगको सम्बन्ध, व्यापार, संस्कृतिलगायतका विषयमा अध्ययन गरी सुझाव दिने बताइन् । ‘क्षेत्रअनुसार विभिन्न देशका राजदूतसँग छलफल गर्छ र समितिलाई जानकारी दिन्छ । त्यसपछि समितिले सरकारलाई आवश्यक निर्देशन दिन्छ’ उनले भनिन् ।

सार्क राष्ट्र हेर्ने समुहमा सांसदहरु सुजाता कोइराला, चाँदतारा कुमारी, बोधमाया कुमारी यादव, रेनुका गुरुङ रहेका छन् ।

पूर्वी एसिया (चीन, मंगोलिया, उत्तर कोरिया, दक्षिण कोरिया, जापान) हेर्ने समूहमा प्रेमप्रसाद तुलाचन, सुदन किराती, नारायण खड्का, सानु शिवा छन ।

एसिया प्यासिफिक (थाइल्याण्ड, इण्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, म्यानमार, कम्बोडिया , लाओस, ब्रुनाई, भियतनाम, अष्ट्रेलिया, न्युजिल्यान्ड) हेर्ने समूहमा प्रकाशमान सिंह, नारदमुनि राना, सुजिता शाक्य र पुष्पा भुसाल रहेका छन् ।

पर्यटन विकास, अफ्रिका –लिविया, इजिप्ट तथा इरान, इराक, सिरिया लगायतका मध्यपूर्वका देश) हेर्ने समूहमा मोहन बानियाँ, दीपकप्रकाश भट्ट, सुरेन्द्रकुमार कार्की, चाँदतारा कुमारी र नारायण खड्का छन ।

नागरिक उड्डयन, युरोपेली मुलुक् र इजरायल हेर्ने समूहमा दिव्यमणि राजभण्डारी, निर्जला राउत, प्रेम प्रसाद तुलाचन र सुदन किराती छन ।

उत्तर अमेरिका, दक्षिण अमेरिका र बेलायत हेर्ने समूहमा रेनुका गुरुङ, उमा रेग्मी, सानु सिवा र नारदुमुनी राना छन् ।

अन्तर्राष्ट्रिय संस्थाहरु हेर्नेमा दीपकप्रकश भट्ट, सरलाकुमारी यादव, पुष्पा भुसाल र सुरेन्द्रकुमार कार्की रहेका छन् ।

संस्कृति हेर्ने समूहमा सुजिता शाक्य, मोहन बानियाँ, उमा रेग्मी, बोधमाया कुमारी यादव र सरलाकुमारी यादव रहेका छन् ।

समूहको संयोजक तोक्ने जिम्मा सम्बन्धित समुहका सदस्यहरुलाई नै दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment