
८ साउन, काठमाडौं । सेलपे सेवा र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा प्रिमियमको डिजीटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा महालक्ष्मी लाइफ इन्स्योरेन्सका उप–प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन्।
उक्त सहकार्य अनुसार बैंकका ग्राहकहरुले बिमा प्रिमियम तिर्न सेल-पे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
बिमा प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, जुनसुकै समयमा रकम तिर्न सकिने र त्यसका लागि सेलपेमा लगइन गर्ने, बीमामा क्लिक गर्ने र महालक्ष्मी लाइफ छनोट गरी आफ्नो पोलिसि नम्बर र जन्ममिति राखे पश्चात बीमा विवरण जाँच गरी प्रिमियमको रकम पे बटन क्लि गर्नुपर्ने कम्पनीले जनाएको छ।
सेल पेबाट रकम भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने र सरल एंव सुरक्षित रहनुका साथै भुक्तानी गर्दा र लोयल्टी पाइन्टस् पाइने कम्पनीले जनाएको छ।
प्रतिक्रिया 4