Comments Add Comment

यूएन मिसनमा १४ जना पाकिस्तान गए, १७ जना फर्किए

८ साउन, काठमाडौं । बिहीबार त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय गन्तब्यबाट ५ वटा जहाज अवतरण गरे । ती जहाजमध्ये पाकिस्तानको इस्लामावादबाट यूएन मिसनको जहाजले १७ जना नेपालीलाई काठमाडौं ल्याएको छ ।

यो जहाजले नेपालबाट भने १५ जनालाई पाकिस्तान लगेर उडेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार सिंगापुरको सिल्क एयर कार्गो उडानका दौरान काठमाडौं आएको १६२७२ किलो कार्गो लिएर आएको यो जहाजले २२२६४ किलो कार्गो लिएर उडेको हो ।

बिहीबार नै एयर अरेवियाको जहाज कार्गो उडानका क्रममा सारजहाबाट काठमाडौं आयो । यो जहाजले एउटा शवसमेत १०५७६ किलो कार्गो काठमाडौं ल्याएको छ । आसियाना एयरलाइन्स कोरियाबाट काठमाडौं आएको छ ।

यो जहाजले समेत १८६९२ किलो कार्गो ल्याएको थियो । एयर अरेवियाले भने १६८ जना यात्रु लिएर काठमाडौं आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । शुक्रबार हिमालय एयरलाइन्सको जहाज सिंगापुर जाने तालिका तय भएको छ ।

बिहीबार त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फ ९ उडान अवतरण भए । यस दिन समिट एयरले डोल्पाबाट ६ जना यात्रु लिएर आयो । डोल्पा जाने क्रममा १५ जना यात्रु बोकेर गएको थियो । एयर डाइनेस्टीले ३ यात्रु लिएर तातोपानी गएको थियो । फर्कँदा ३ यात्रु लिएर आयो ।

मनाङ एयरले खोटाङबाट ५ यात्रु लिएर काठमाडौं आयो । प्रभु हेलीले खोटाङबाट ४ यात्रु लिएर काठमाडौं फर्कियो ।

माउन्टेन हेली १ यात्रु बोकेर धरान उड्यो । एयर डाइनेस्टीले अर्घाखाँचीका लागि २ यात्रु लिएर उडको थियो । र्फकदा ३ यात्रु लिएर आयो । कैलास हेलीले २ यात्रुलाई रसुवाबाट काठमाडौं ल्याएको छ । सिम्रिक हेलीले बुटवलबाट ३ जनालाई काठमाडौं ल्याएको छ । कैलाश हेलीले कलैयाबाट ४ जनालाई काठमाडौं ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment