Comments Add Comment

जर्मनीका सोधकर्ता भन्छन्– कुकुरले सुँघेर पत्ता लगायो कोरोना संक्रमित

९ साउन, काठमाडौं । जर्मनीका सोधकर्ताहरुले कुकुरले सुँघेर कोरोना भाइरस संक्रमण पत्ता लगाउने दाबी गरेका छन् । स्नाइफर डग्स अर्थात् सुघ्ने क्षमता बढी भएका कुकुरलाई संक्रमित व्यक्तिलाई चिनाउन सफल भएको उनीहरुको दाबी छ ।

जर्मनीको हेनोवर शहरमा अवस्थित युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन र जर्मनीका सेनाको संयुक्त टोलीले एक हप्तासम्म कुकुरलाई तालिम दिएका थिए । तालिममा संलग्न आठ वटा कुकुरले संक्रमित व्यक्ति र संक्रमण नभएका व्यक्तिलाई छुट्टाउन ९४ प्रतिशत सफल भएको दाबी अनुसन्धानकर्ताहरुले गरेको बीबीसीले जनाएको छ ।

शोधकर्ताहरुले विमानस्थल, खेल मैदान जस्ता सार्वजनिक स्थानमा संक्रमित व्यक्ति पत्ता लगाउन यी कुकुरहरुको प्रयोग गर्न सकिने बताएका छन् ।

जर्मनीका सोधकर्ताको यो दाबीपछि बेलायतलगायतका देशमा स्नाइफर कुकुरको सहयोगमा कोरोना भाइरस संक्रमण पत्ता लगाउन साँच्चै सकिन्छ त भनेर अनुसन्धान सुरु भएको बीबीसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment