+
+
Shares

अमेरिकी विदेशमन्त्रीको आरोप डब्ल्यूएचओका प्रमुखद्वारा अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ९ गते ११:४६

९ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेससले अमेरिकी विदेशमन्त्रीले लगाएको आरोप अस्वीकार गरेका छन् ।

मंगलबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गेब्रेयेसस चीनको कारण डब्ल्यूएचओको प्रमुख बनेको आरोप लगाएका थिए । बिहीबार जेनेभामा उनले पोम्पेओको अभिव्यक्ति गलत, अस्वीकार्य र निराधार रहेको बताए ।

उनले अहिले डब्ल्यूएचओको ध्यान मानिसहरुको ज्यान कसरी बचाउने भन्ने विषयमा केन्द्रित रहेकाले यस किसिमको टिप्पणीले डब्ल्यूएचओ विचलित नहुने गेब्रेयेससको भनाइ छ । अमेरिकाले डब्ल्यूएचओलाई चीनको पक्ष लिएको आरोप लगाउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि डब्ल्यूएचओबाट अमेरिका बाहिरिने औपचारिक प्रक्रिया शुरु गरिसकेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?