Comments Add Comment

प्रदेश १ मा थपिए ३१ जना कोरोना संक्रमित

११ साउन, विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरमा २२ र इलाममा ९ गरी कुल ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय २२ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार विराटनगरमा ३ जना महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १९ जना प्रहरी छन् । जसमा एक महिलासहित १९ जना प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् ।

प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक प्रहरीलाई बुधबार र चार प्रहरीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै प्रदेश प्रहरीमा कार्यरत २४ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबार संक्रमण पुष्टि भएका प्रहरीलाई पूर्वाञ्चल विश्वविद्यालयको आइसोलेसनमा पठाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए ।

त्यस्तै विराटनगरका तीनजनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये विराटनगर– ३ का दुई जना हुन । एकजना संक्रमितको भने स्पष्ट ठेगाना खुल्न नसकेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment