+

जाभी राम्रो प्रशिक्षक हुन् तर बार्सिलोनाको प्रशिक्षक सेटिएन नै हुन् : बार्तामेउ

२०७७ साउन  ११ गते १७:४६ २०७७ साउन ११ गते १७:४६
जाभी राम्रो प्रशिक्षक हुन् तर बार्सिलोनाको प्रशिक्षक सेटिएन नै हुन् : बार्तामेउ

११ साउन काठमाडौं । बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले किके सेटिएन अर्को सिजन पनि बार्सिलोनाको प्रशिक्षक हुनुपर्ने बताएका छन् ।

अध्यक्ष बार्तामेउले जाभी हर्नान्डेज क्लबलको प्रशिक्षक बन्ने हल्ला पनि सही नभएको बताए । तर हाल कतारी क्लब अल सादको प्रशिक्षक रहेका जाभीसँग आफूले राम्रो सम्बन्ध कायम राखेको पनि बताए ।

‘जाभी त्यस्तो खेलाडी हो जोसँग मेरो एकदमै राम्रो सम्बन्ध छ,’ बार्तामेउले मुन्डव डेपोर्टिभासँग भने, ‘तर किके सेटिएन अहिले बार्सिलोनाको प्रशिक्षकमा छन् र अझै अर्को सिजनसम्म सम्झौता छ ।’

बार्तामेउले सेटिएन नै क्लबको प्रशिक्षक रहेको बताए । ‘हामीले सधैँ भन्दै आएका छौँ सेटिएन हाम्रो प्रशिक्षक हुन् र उनले नै हामीलाई च्याम्पियन्स लिगमा गाइड गर्नेछन् । जुन हाम्रो आशाको रुपमा छ, ‘ बार्तामेउले भने, ‘नापोली पहिलो स्टेप हो त्यसपछि सेटिएनले अर्को सिजन निरन्तरता दिनेछन् ।’

पछिल्लो समयम क्लबमा मुख्य खेलाडी तथा कप्तान लिओनल मेसीले सम्झौता नविकरणमा ढिलाई गरिरहेको प्रश्नमा बार्तामेउले क्लब अझै केही वर्ष निरन्तरता दिनेमा विश्वस्त रहेको बताए । ‘मेसीले धेरै पटक यसो भनेका छन् ,’ बार्तामेउले भने,’उनले भनेका छन् कि उनी बार्सिलोनामै सन्यास लिन चाहन्छन् । जुन उनको जीवनको क्लब हो । र मलाई कुने शंका छैन कि मेसीले २०२१ पछि पनि खेल्नेछन् ।’

क्लबकै पूर्वखेलाडी नेमार र इन्टरका लाउटारो मार्टिनेज पनि बार्सिलोना जाने चर्चा चलिरहेको छ । तर बार्तामेउले नयाँ खेलाडीसँग सम्झौता गर्ने एउटै उपाय भनेको खेलाडि साटफेर गर्नु ने रहेको बताए । उनले कवरोना भाइरस महामारीले धेरै प्रोजेक्टमा असर गरेको पनि बताए ।

यदि खेलाडीहरु साटफेरका लागि उपलब्ध नभएमा नयाँ खेलाडी अनुबन्ध गर्नु लगभग असम्भव रहेको उनले बताए । उनले केही समयअघि इन्टरसँग कुरा गरेको र हाल कुनै कुरा नभएको पनि जानकारी दिए ।

बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय