+
+
Shares

कञ्चनपुरमा वडाध्यक्ष कार्यकक्षमै कुटिए

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १८:१०

११ साउन,  कैलाली । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कार्यकक्षमै कुटपिट भएको छ । आइतबार नेपाल तरुण दल शुक्लाफाँटा नगरपालिका-८ का वडा सभापति नारद ठगुन्ना सहितको टोलीले अध्यक्षमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

‘आक्रमणको कारण अझै खुल्न सकेको छैन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले भने, ‘हामी अनुसन्धानमा छौँ । ’

कांग्रेस वडा सभापति ठगुन्नाले आफ्नो आफन्तलाई किन कुटपिट गरेको भन्दै वडाध्यक्षमाथि हातपात गरेको स्थानीयले बताएका छन् ।

तरुण दल शुक्लफाँटा नगरपालिका नगर सभापति ज्ञानेन्द्र बहादुर सिंहले भने वडाध्यक्षले पहिले हातपात गरेपछि दोहोरो कुटाकुट भएको बताए ।

‘हिजो एकजना स्थानीयलाई वडाध्यक्षले कुटे । उहाँले विना कारण किन कुट्नु भयो भने छलफल गर्न गएका थियौँ,’ उनले भने, ‘त्यहाँ पनि अध्यक्षले नै पहिले हातपात गरेका हुन् । त्यसपछि झगडा भयो ।’

कार्यकक्षमा भएको आक्रमणबाट वडाध्यक्ष महरा घाइते भएका छन् । उनलाई अहिले कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ । उनले आफू माथि कार्यकक्षमै विना कारण निर्घात कुटपिट भएको बताएका छन् ।

‘ममाथि निर्घात कुटपिट भयो,’ उनले अनलाइनखबरसँग भने, ‘शरीरका बिभिन्न ठाउँमा चोट छ ।’

प्रहरीले अध्यक्षमाथि हातपात गर्ने ६ जनालाई पक्राउ गरेको जनाएको छ ।

‘वडाध्यक्षलाई हातपात गर्ने र कुटपिट गर्ने ६ जना पक्राउ परेका छन्,’ प्रवक्ता थापाले भने, ‘थप अनुसन्धान हुँदैछ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?