+
+
Shares

सनराइज बैंकको विवादबारे राष्ट्र बैंकमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १८:३३

११ साउन, काठमाडौं । सनराइज बैंकमा देखिएको आन्तरिक विवादका विषयमा नेपाल राष्ट्र बैंकमा छलफल भएको छ ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अधिकारी र सनराइज बैंकका सञ्चालकबीच छलफल भएको छलफलपछि बैंकमा देखिएको समस्या तत्काललाई टरेको छ ।

केही दिनयता बैंकको सञ्चालक समितिमा विवाद सिर्जना भएको विषयमा समाचार आउन थालेपछि राष्ट्र बैंकले चासो राखेको थियो । विवादको विषय के हो भन्ने विषयमा सत्यतथ्य बुझ्न भन्दै राष्ट्र बैंकले छलफलका लागि बोलाएको थियो ।

दिउँसो एक घण्टा छलफल भएको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले जानकारी दिए । बैंकको विवादको विषयमा केही जानकारी लिएको भन्दै उनले थप विषयमा जानकारी गराउन भने नमिल्ने बताए ।

‘हामीले छलफल त गर्‍यौं, तर बाहिर ल्याउनुपर्ने खालको केही कुरा छैन’ उनले भने, ‘सबै सञ्चालकहरु आउनुभएको थियो, कुराकानी भयो बाँकी निर्णय उहाँहरुकै होला ।’

राष्ट्र बैंकसँगको छलफल पनि सकारात्मक नै भएको उनले बताए । ‘मूख्य कुरा त हाम्रो बैंकमा बाहिर हल्ला आएजस्तो केही विवाद पनि छैन, अलिअलि छलफल बहस त भइहाल्छ नि’ ती सञ्चालकले भने, ‘अहिले यत्ति बुझ्नुस्, बैंकमा केही हुँदैन, बैंकको अवस्था राम्रो छ, थप राम्रो हुँदै जानेछ ।’

केही दिनअघि बैंकका सीईओ हट्ने पक्का भएको तथा केही सञ्चारमाध्यममा सीईओ जनकराज शर्माले राजीनामा नै दिइसकेको भनेरसमेत समाचार आएका थिए । तर ती सबै निराधार विषय भएको सीईओ शर्माले प्रतिक्रिया दिएका छन् ।

एक वर्षअघि बैंक सञ्चालक समितिले निरज श्रेष्ठलाई सीइओ नियुक्त गरेको थियो । तर सञ्चालकहरुबीच नै विवाद भएपछि श्रेष्ठले नियुक्ति नै लिएनन् । पछि पौड्याल सीईओ बनेपछि बैंकको बिवाद मिलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?