Comments Add Comment

अब हिरा र बहुमूल्य पत्थरको मूल्य निर्धारण हुने

११ साउन, काठमाडौं । अब बहुमूल्य हिरा तथा पत्थरको मूल्य तोकिने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बहुमूल्य हिरा र पत्थरको मूल्य निर्धारण गर्न समिति गठन गर्ने निर्णय गरेको छ । महासंघका अनुसार उपभोक्ताको हितलाई ध्यान दिएर हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापनाको समेत निर्णय भएको छ ।

यस विषयमा थप प्रष्ट हुने गरी महासंघले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय गरेको बताइएको छ । अहिले बहुमूल्य हिरा तथा पत्थरको सक्कली-नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएको समेत महासंघले जनाएको छ ।

यता, नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं बाषिर्क साधारणसभा भने आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ । महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले यस्तो निर्णय गरेको छ । महाधिवेशनमा देशभरवाट करिव ४ सय जना प्रतिनिधी सहभागी हुने भएका छन् ।

बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेका लागि मिति तोकिएको छ । निर्णय अनुसार सातै प्रदेशमा एकै दिन -असोज १२ गते नै) साधारणसभा सम्पन्न हुने भएको छ । महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment