Comments Add Comment

विद्यार्थीको कोरोना बिमा गर्न अनेरास्ववियूको माग

११ साउन, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले विद्यार्थीको कोराना विमा गर्न माग गरेको छ । अनेरास्ववियूको केन्द्रीय टोलीले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले स्वास्थ्य बिमा बापत तिरेको रकमबाट सम्पूर्ण विद्यार्थीको कोराना बिमा गर्न माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई परीक्षा नियन्त्रण कार्यालय परिसर बल्खुमा आइतबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियूले सो माग गरेको हो । कोरोना महामारी, लकडाउन र बाढी पहिरोले विद्यार्थीहरुलाई आक्रान्त तुल्याएको अवस्थामा विश्वविद्यालयले निकालेको परीक्षासम्बन्धी सूचना सम्बन्धमा अनेरास्ववियूका नेता पवन कार्की नेतृत्वको टोलीले ध्यानाकर्षण गराएको हो ।

जीवनभन्दा परीक्षा ठूलो नहुने भएकोले विद्यार्थीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्न माग गरिएको अनेरास्ववियू नेता पवन कार्कीले बताए । त्रिविका परीक्षा नियन्त्रक जोशीले कोरोनाको परिस्थिति हेरेर मात्र परीक्षा तालिका सार्वजनिक गर्ने बताए ।
लामो दुरीका यातायातका साधन भाद्र १ गतेबाट मात्र खुल्ने भएकोले तत्काल परीक्षा गर्दा टाढाबाट आउने विद्यार्थीलाई मार पर्ने अनेरास्ववियूले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment