Comments Add Comment

भदौ ७ सम्म हाजिर हुने कुरा व्यावहारिक भएन : प्राध्यापक संघ

११ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले भदौ ७ गतेसम्म क्याम्पसमा अनिवार्य उपस्थित हुनु भन्ने कुरा व्यवहारिक नभएको बताएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै संघले भदौ १ गतेदेखि लामो दुरीको सवारी चले पनि भौगोलिक विकटताका कारण भदौ सात गते नै सम्बन्धित क्याम्पसहरूमा उपस्थित हुन समस्या रहेको संघको भनाइ छ ।

संघले बन्दाबन्दीको समयमा समेत कतिपय शिक्षकहरूले अनलाइन प्रविधिमार्फत कक्षा लिइरहेको कुरालाई नजरअन्दाज गरिएको भन्दै यो निर्णय पुनर्विचार गर्न माग गरेको छ ।

शुक्रबार त्रिविले सूचना जारी गर्दै भदौ ७ गतेभित्र सबै आ–आफ्नो कलेजमा उपस्थित हुन र त्यसभन्दा पहिले आफ्नो पायक पर्ने आंगिक क्याम्पसमा हाजिर हुन भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment