+
+
Shares

प्रादेशिक अस्पतालको आईसीयू एक साताका लागि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते १६:४२

१२ साउन, जनकपुरधाम । उपचार गराउन आएका युवकको कोरोना संक्रमणबाट मृत्यु भएको खुलेपछि जनकपुधरामस्थित प्रादेशिक अस्पतालको आईसीयू सोमबारदेखि बन्द गरिएको छ ।

उच्च ज्वरो, रुघाखोकी र सास लिन समस्या भएपछि शनिबार अस्पताल भर्ना भएका धनुषाको शहीद नगरपालिका ८, डुमरियाका ३८ बर्षीय युवकको आइतबार दिउँसो धरान लैजाने क्रममा मृत्यु भएको थियो ।

उनको मृत्युपछि प्रादेशिक अस्पतालभित्रको आईसीयू कक्षलाई ७ दिनसम्मका लागि बन्द गरिएको अस्पतालका कोरोना आइसोलेसन वार्डका प्रमुख डा. जामुन सिंहले जानकारी दिए ।

उनले भने, ‘मृत्यु भएका कोरोना संक्रमितलाई आईसीयूमै राखेर उपचार गरिएकाले यो कक्षलाई एक सातासम्मका लागि सिल गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?