+
+
Shares

बुटवलको होटेलमा बसेका तीनजना भारतीयमा कोरोना

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते १८:३८

१२ साउन, बुटवल । बुटवलको एक होटेलमा बसेका तीन भारतीय कामदारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका तीनजना भारतीयको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना उद्योगमा काम गर्ने उनीहरु भारतबाट आएर उक्त होटलमा बसेका बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए ।

कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको सिंहले जानकारी दिए ।

पूर्वाञ्चल होटललाई सिल गरेर त्यहाँ कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टाइनमा पठाइएको उनले बताए । योसँगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?