Comments Add Comment

अहिले जनताको जीवन जोगाउने कार्य प्रमुख हो : मुख्यमन्त्री राउत

१२ साउन, सप्तरी । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वर्तमान अवस्थामा विकास निर्माणभन्दा पनि जनताको जीवन जोगाउने कार्य प्रमुख भएको बताएका छन् ।

कोरोनाको उच्च जोखिममा रहेको सप्तरी सदरमुकाम राजविराज आएका मुख्यमन्त्री राउतले प्रदेश सरकार विकास निर्माण कार्यलाई थाँती राखेर भए पनि जनताको ज्यान जोगाउनमा जोड् दिइरहेको बताए । ‘विकास निर्माणभन्दा जनताको जीवन जोगाउनु आवश्यक छ’ उनले भने, ‘यसका लागि सम्पूर्ण व्यवस्थापन गर्न प्रदेश सरकार तयार छ ।’

सोमबार सप्तरीका सम्पूर्ण सरोकारवालासँग छलफल गर्दै मुख्यमन्त्री राउतले समग्र प्रदेश नै कोरोनाको उच्च जोखिममा रहेको बताए । ‘यसको संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्नु जरुरी छ,’ सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई निर्देशन दिदैं उनले भने, ‘यसका लागि सबैलाई तयार रहनु जरुरी छ ।’

सप्तरीमा कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको भन्दै उनले पीसीआर परीक्षणको दायरा बढाउनकालागि मेसिनसमेत थपिदिने आश्वासन दिए ।

स्वास्थ्यकर्मीलाई पीपीई, मास्क, ग्लोब्स, स्यानिटाइजर, औषधीसहित अन्य अभावलाई कमी हुन नदिने प्रतिबद्धतासमेत जनाए ।

मुख्यमन्त्री राउतले तत्काल सप्तरीमा आवश्यक व्यवस्थापन गर्न एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा पनि गरे ।

कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले कुनै पनि हालतमा कोरोना नियन्त्रणबाहिर जान नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment