+
+
Shares

नेकपा विवाद : स्थायी कमिटी बैठक स्थगित गर्ने ओलीको एकल निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १२:०२

१३ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेको नेताहरुले बताएका छन् ।

बैठक विहान ११ बजे बोलाइएको थियो । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार जाँदै गर्दा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटी बैठक स्थगित भएको खबर दिएका थिए ।

पार्टी प्रचार विभागका उपप्रमुख समेत रहेका उनले फेसबुकमा लेखेका थिए, ‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ ।’

तर अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच यसबारे परामर्श नै नभएको नेताहरुले बताएका छन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको एक नेताले बताए । उनले भने, ‘बैठक स्थगित गर्न न्यूनतम पनि दुई अध्यक्षको बीचमा छलफल हुनुपर्छ, तर उहाँले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु भएको रहेछ ।’

उनकाअनुसार अहिले बैठकका लागि भनेर प्रचण्डसहितका नेताहरु बालुवाटारमा पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?