Comments Add Comment

वाँणगंगा, फलेवास र नीलकण्ठ उत्कृष्ट नगरपालिका घोषित

१३ साउन, काठमाडौं । पर्वतको फलेवास, धादिङको नीलकण्ठ र कपिलवस्तुको वाँणगंगा नगरपालिकालाई नेपालका उत्कृष्ट नगरपालिका घोषणा गरिएको छ ।

नेपाल नगरपालिका संघले तीन नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको हो ।

फलेबास नगरपालिका स्रोत परिचालन र वित्तीय व्यवस्थापनतर्फ, नीलकण्ठ नगरपालिका योजना, वातावरण र संकटापन्नतातर्फ र वाँणगंगा नगरपालिका सुशासन र सेवा प्रवाहतर्फ उत्कृष्ट भएको नेपाल नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले जानकारी दिए ।

नेपाल नगरपालिका संघले विभिन्न सूचकहरुका आधारमा विज्ञहरुको सिफारिसअनुसार हरेक वर्ष उत्कृष्ट नगरपालिका घोषणा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment