Comments Add Comment

कर्णालीमा ४ जना कोरोना संक्रमित थपिए, ११ जना डिस्चार्ज

१३ साउन, काठमाडौं । कर्णालीमा पछिलो २४ घण्टामा चारजना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।

सुर्खेतस्थितप्रदेश अस्पताल/ पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालमा भएको परीक्षणबाट मंगलबार थप चारजनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमितमध्ये ३ जना सुर्खेतको भेरीगंगा नगरपालिका २, ८ र ९ का २७/२७ वर्षीय पुरुष र दैलेखको नामुण्डा बिन्द्रासैनी नगरपालिका-७ का २२ वर्षीय पुरुष रहेका छन् ।

मंगलबार थपिएका चारजनासहित कर्णालीमा कोरोना संक्रमितको संख्या १९१४ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १६६९ रहेको छ । मंगलबारमात्रै ११ जना डिस्चार्ज भएका छन् । अब कर्णालीमा आइसोलेसनमा २३९ जना रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment