+
+
Shares

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ६२ प्रतिशत

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १३ गते १७:४८

१३ साउन, काठमाडौं । पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रगति ६२ प्रतिशत पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार लकडाउनका बीचमा पनि यस विमानस्थलको काम निरन्तर जारी छ ।

अहिले विमानस्थल निर्माणमा ३ सय ४४ जना कामदार खटिएका छन् । त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार खटिएका छन् ।

यसअघि मन्त्री भट्टराईले १५ असारमा सार्वजनिक गरेको तथ्यांक अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति ५९ प्रतिशत रहेको थियो । मन्त्री भट्टराईले जुन २०२१ मा सक्ने लक्ष्य राखिएको पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको समेत उल्लेख गरेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम जारी रहेको छ । राष्ट्रिय गौरवको यो आयोजना कुल २१ अर्ब रुपैयाँ लागतमा निर्माण हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?