+
+
Shares

फ्लाई दुबईलाई इन्धन भरेर पोखरा विमानस्थलको नयाँ डिपोले सुरु गर्‍यो अन्तर्राष्ट्रिय सेवा

यूएईको दुबईबाट बुधबार साँझ ६ बजेर १८ मिनेटमा पोखरा ओर्लिएको फ्लाई दुबईको जहाजमा ५ हजार ५ सय ४० लिटर इन्धन भरेर यो सेवा सुरुवात गरिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक हवाई इन्धन डिपोबाट पहिलो पटक अन्तर्राष्ट्रिय उडानलाई इन्धन वितरण गरेको छ ।
  • बुधबार साँझ ६ बजेर १८ मिनेटमा पोखरा आएको फ्लाई दुबईको जहाजमा ५ हजार ५ सय ४० लिटर इन्धन भरेर सेवा सुरू गरिएको हो ।
  • निगमका उपनिर्देशक रामहरि निरौलाका अनुसार यो डिपो पोखराबाट हुने अन्तर्राष्ट्रिय उडानलाई लक्षित गरी निर्माण गरिएको हो ।

७ असोज, काठमाडौं । नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण गरेको आधुनिक हवाई इन्धन डिपोबाट पहिलो पटक अन्तर्राष्ट्रिय उडानका लागि इन्धन वितरण गरिएको छ ।

यूएईको दुबईबाट बुधबार साँझ ६ बजेर १८ मिनेटमा पोखरा ओर्लिएको फ्लाई दुबईको जहाजमा ५ हजार ५ सय ४० लिटर इन्धन भरेर यो सेवा सुरुवात गरिएको निगमका उपनिर्देशक रामहरि निरौलाले बताए ।

यस पहिलो अन्तर्राष्ट्रिय इन्धन वितरण कार्यलाई सहज बनाउन काठमाडौंको सिनामंगलस्थित हवाई इन्धन कार्यालयमा कार्यरत उपनिर्देशक निरौला पोखरा पुगेका थिए । उनकै समन्वयमा विमानस्थलको नयाँ डिपोबाट अन्तर्राष्ट्रिय जहाजलाई सफलतापूर्वक इन्धन उपलब्ध गराइएको हो ।

पोखराबाट हुने अन्तर्राष्ट्रिय उडान नै लक्षित गरेर आयल निगमले यो आधुनिक डिपो निर्माण गरेको निरौलाले बताए । ‘यही नयाँ डिपोबाट पहिलो अन्तर्राष्ट्रिय जहाजका रूपमा बुधबार फ्लाई दुबईमा इन्धन भरेका छौं,’ उनले भने ।

उनका अनुसार यो डिपोबाट आन्तरिकतर्फका जहाजहरूलाई भने नियमित रूपमै इन्धन वितरण भइरहेको छ ।

विमानस्थल परिसरभित्र बनेको यो नयाँ डिपो सुरक्षा र सेवा प्रवाहको हिसाबले नेपालकै उत्कृष्ट रहेको निरौलाको दाबी छ । यहाँ अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) को मापदण्ड पूरा गरी १ हजार २ सय किलोलिटर क्षमताका तीन ठूला भण्डारण गृह निर्माण गरिएका छन् ।

कुल ३ हजार ६ सय किलोलिटर क्षमता रहेको यस डिपोको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र परामर्शको काम पुल्चोक इन्जिनियरिङ क्याम्पसले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?