Comments Add Comment

बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री

१३ साउन, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् ।

प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुगेका हुन् । भेटमा पार्टी महासचिव विष्णु पौडेल समेत सहभागी रहेको स्रोतले बताएको छ ।

ओलीले मंगलबार बोलाएको स्थायी कमिटी बैठक एकपक्षीय रुपमा स्थगित गरेका थिए । तर प्रचण्डको अध्यक्षतामा बहुमत सदस्यको बैठक बस्यो र स्थायी कमिटी बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय गलत भएको ठहर गरेको छ ।

त्यो बैठकमा गौतम पनि थिए । उनले भने पार्टीमा विग्रह आउन नदिन ओलीलाई महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यो अवधिभर प्रधानमन्त्री बनाउनेसहित ६ बुँदे लिखित प्रस्ताव नेताहरुसम्म पुर्‍याएका छन् ।

यो पनि पढ्नुहोस बामदेव फेरि ओलीतिर, अघि सारे ६ बुँदे प्रस्ताव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment