Comments Add Comment

रेडक्रस सोसाइटीको तदर्थ समिति गठन

१३ साउन, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोरङका नेत्रप्रसाद तिमिल्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरेको सोसाइटीमा एक सदस्यले जानकारी दिए ।

सोसाइटीका निर्देशक दिव्यराज पौडेलले तदर्थ समिति गठन भएको जानकारी प्राप्त भएको तर औपचारिक पत्र भने नआइपुगेको बताए ।

निर्धारित मितिमा महाअधिवेशन नभएपछि अघिल्लो कार्यसमितिको म्याद गत असार मसान्तमा स्वतः समाप्त भएको पौडेलले जानकारी दिए । सोसाइटीमा विवाद चुलिँदा महाधिवेशन प्रभावित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment